लैंगिक हिंसा न्युनीकरणका लागि दम्पती कार्यक्रम
उदयपुर : लैगिंक हिंसा न्युनीकरणका उदयपुरको त्रियुगा नगरपालिकाले दम्पती कार्यक्रम सञ्चालनमा ल्याएको छ।
दैनिकजसो हिंसाको घटना बढ्न थालेपछि न्युनीकरणमा सघाउ पुर्याउन नगरपालिकाले महिला तथा बालबालिका शाखामार्फत लैंगिक रुपान्तरणका लागि दम्पती कार्यक्रम सञ्चालनमा ल्याएको हो। लैगिंक समानता कायम गर्ने उद्देश्यले नगरपालिकाले पहिलो पटक नयाँ कार्यक्रमको सुरुवात गरेको शाखा प्रमुख निरु कार्कीले बताइन्।
हिंसा न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दा महिलालाई मात्र बोलाउने र त्यस विषयमा पुरुष अनविज्ञ रहँदा महिलाहरू थप प्रताडित हुनु परेकाले दुवैलाई भेला पारेर कार्यक्रम गरिएको उनले बताइन्।
दम्पती बीचको झैझगडालाई सामान्य रुपमा लिँदा अन्ततः उनीहरू आत्महत्या र सम्बन्ध विच्छेदको बाटो रोज्नु बाध्य भएकाले सम्बन्धलाई मजवुद बनाउन प्रयास गरिएको उनको भनाइ छ।