...जसको लगावले सबैको मन लोभिन्छ

...जसको लगावले सबैको मन लोभिन्छ
खुट्टाका दुई औंलाको सहारामा लेख्दै ल्यापटप र मोबाइल चलाउँदै गुल्मीको छत्रकोट गाउँपालिका–४ श्रृंगाका १९ वर्षीय ऋषिराम कँडेल । तस्बिर : मनोज कार्की
सुन्नुहोस्

गुल्मी : फरक शारीरिक क्षमता भएका व्यक्तिहरू अब्बल हुन्छन्। यसैको एक उदाहरणीय पात्र हुन् गुल्मीका ऋषिराम कँडेल। जन्मजात फरक शारीरिक क्षमता भएका व्यक्ति भए पनि उनी खुट्टाका दुई औंलाको भरमा आफ्नो भविष्य कोरिरहेका छन्। 

गुल्मीको छत्रकोट गाउँपालिका ४ श्रृंगाका १९ वर्षीय कँडेल जन्मजात अपांगता भएका व्यक्ति हुन्। ऋषिराम अहिले परिवारको सहाराबिना केही गर्न सक्दैनन्। तर उनको क्षमता भने सपांगको भन्दा कम छैन। कँडेलका दाहिने खुट्टाको दुई औंलाबाहेक अरू केही चल्दैनन् । उनले खुट्टाका दुई औंलाको भरमा आफ्नो भविष्य खोजिरहेका छन्। उनले गाउँकै श्रीश्रृंगा जनता माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्। उनका बुवा लक्ष्मण कँडेलले ऋषिरामलाई बिहान विद्यालय छोड्न र बेलुका लिन जान्छन्। घरदेखि ३० मिनेटको दूरीमा विद्यालय छ।

ऋषिरामले गाउँकै श्रीश्रृंगा जनता माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छन्। यसवर्ष एसईई भएकाले आफ्नो पढाइलाई उनले तीव्र पारेका छन्। फरक क्षमता भएका कँडेलको मेहनत र पढाइप्रतिको लगावले सबैको मन लोभ्याउँछ। विद्यालयमा पढाइसहित विद्यालयका अतिरिक्त क्रियाकलापमासमेत अब्बल रहेको श्रृंगा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विकासचन्द्र खरेलले बताए। उनले पढाइसँगै खुट्टाका औंलाको सहारामा लेख्ने, मोबाइल तथा ल्यापटप चलाउने गर्छन्।

ऋषिरामले अरू साथीसँगै बसेर पढ्ने गर्छन्, उनलाई कक्षाकोठा र शौचालयको सहज व्यवस्था गरिएको छ प्रधानाध्यापक खरेलले भने उनी हरेक क्षेत्रमा अब्बल भएकाले उनलाई शिक्षक, अभिभावक र साथीले माया, सद्भाव दिएर मनैदेखि सहयोग गर्ने गर्छन्। ऋषिरामलाई साथीहरूले उचालेर कक्षा कोठासम्म ल्याउन लैजान सहयोग गर्छन्। फरक क्षमताको अपांग भए पनि सबैको माया र ममताले अरूभन्दा आफूलाई कमजोर र फरक मान्दैनन्। परिवारले सानै उमेरदेखि पढ्न विद्यालय लैजाने ल्याउने गरे पनि खुट्टाले कहिलेबाट कलम समाउन थाल्यो, त्यो भने उनलाई ठ्याक्कै सम्झना नरहेको ऋषिराम बताउँछन्। परिवारको साथ सपोट र आफ्नो अथक मेहनतले पढाइमा सफलता हासिल गर्दै आएका छन्। आपूmजस्तै आफ्नो कमजोरीलाई शक्तिमा बदलेर अघि बढ्न कँडेलले अरूलाई प्ररणा दिन्छन्। 

ऋषिरामको उपचारका लागि उनका बुबाआमाले अथक प्रयास गरे तर छोराको स्वास्थ्य अवस्थामा केही सुधार आएन । उनी परिवारको पहिलो र एक्लो सन्तान हुन्। परिवारले अरू कुनै विकल्प नखोजी छोराको पढाइ र स्याहारसुसारमा लागे। छोरा ऋषिरामले परिवारको लगानी डुब्न दिएनन् त्यसकारण उनका आमाबुवालाई कुनै पछुतो छैन । परिवारले कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम गरेका छैनन्। असल अभिभावकको सपना भनेकै छोराको छोराको पढाइ र भविष्य रहेको बुवा लक्ष्मण कँडेल बताउँछन्। 

उनी विद्यालयका अनुशासित तथा उत्कृष्ट विद्यार्थी हुन्। कक्षा ५ सम्म घरनजिकैको शारदा माध्यमिक विद्यालयमा पढेका ऋषिराम कक्षा ६ देखि श्रृंगा जनता माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्। उनी पढाइसँगै चित्रकला, गीत, अभिनयलगायत विधामा समेत अब्बल रहेको प्रधानाध्यापक खरेलले बताए। उनलाई आवश्यक सहयोग परिवार र विद्यालयले गरिरहेको छ। कँडेल परिवार र ऋषिराम उदाहरणीय पात्र भएकाले सबैले उनीबाट केही सिक्न र आवश्यक सहयोग राज्यले दिलाउनुपर्ने प्रधानध्यापक खरेलले बताए। 

विद्यालयमा बहिरा विद्यार्थीले पनि अध्ययन गर्ने गरे पनि गत वर्षदेखि विद्यार्थी अभावमा पठनपाठन रोकिएको छ। सपांगका नागरिकले जस्तै फरक क्षमता भएकाले पनि समाजमा केही गर्न सक्छन् भन्ने गुल्मीका ऋषिरामले उदाहरण पेस गरेका छन्। उनी आफैंमा एक असल र प्ररेणाका स्रोत भएकाले ऋषिरामबाट केही सिक्न जरुरी रहेको शिक्षा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.