त्रिवि क्रिकेट मैदान : एकदिवसीय सिरिज

नेपालविरुद्धको खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोज्यो

यू-१९ क्रिकेटका तीब्र गतिका बलर आकाश चन्दको डेब्यु

नेपालविरुद्धको खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोज्यो
तस्बिर : क्यान

काठमाडौं : नेपालविरुद्धको एकदिवसीय सिरिजमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको छ। दुई देशबीचको दोस्रो खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जाफरले नेपाललाई बलिङको निम्तो दिएका हुन्। आजको खेलमा एक खेल अगाबै नेपालले सिरिज जित्ने लक्ष्य राखेको छ भने क्यानडा बराबरी बनाउन चाहन्छ। 

यू १९ क्रिकेट टोलीका बलर आकाश चन्दले सिनियर टोलीबाट क्यानडाविरुद्ध दोस्रो खेलमा डेब्यु गर्न अवसर पाएका छन्।

 null

नेपालले टोलीमा ३ परिवर्तन गरेको छ। आज कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी र हेमन्त धामी बेन्चमा रहेका छन्।

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो। पहिलो खेलमा कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको थियो। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो।

टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन ओभर फालेका थिए। त्यस्तै ललित राजबंशी २ र सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक-एक विकेट लिए। २२५ रनको विजय लक्ष्य पाएको क्यानडाले सुरुवातदेखि नेपालालई दबाबमा राखेको थियो। नेपाल ३ खेलको शृंखलामा १-० अंकले अगाडि छ। तेस्रो खेल सोमबार हुनेछ।

यस सिरिज लगत्तै नेपालले घरेलु मैदानमा डब्लुसीएल लिग टूको म्याचहरु खेल्ने क्यानले जनाएको छ। क्यानडाको प्रशिक्षकमा पुबुदु दासानायके र नेपालका प्रशिक्षकमा मोन्टी देसाइ रहेका छन्। यस अगाडि पुबुदु नेपाली खेलाडीको प्रशिक्षक हुन्। उनी नेपालका पूर्व सफल प्रशिक्षक हुन्। प्रत्येक खेलमा नेपालको जीत चाहने पुबुदु आज क्यानडाविरुद्धको खेलमा भने नेपालले पराजय बेहोरेको हेर्न चाहन्छन्। 

नेपालले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ। नेपालले फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रीकेट मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि-२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.