१९ बलमा अनिल साहले गरे अर्धसतक प्रहार

१९ बलमा अनिल साहले गरे अर्धसतक प्रहार
तस्बिर : क्यान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर अनिल साहले अर्धसतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा शनिबार जारी एकदिवसीय सिरिजको क्यानडाविरुद्धको खेलमा ओपनर साहले अर्धसतक प्रहार गरेका हुन्।

६.२ ओभरमा उनले १९ बलमा ५० रन पूरा गरेका थिए। साहले ३ छक्का र ७ चौका प्रहार गरे। साहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन्। आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान उनले तोडे। तर लगत्तै अर्को बलमा ईश्वरजोत सोहीबाट साह आउट हुन पुगे।

साह आउट भएसँगै नेपालको दुई विकेट गुमेको छ। एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको छ। त्यस अगाडि २८६ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरको पाँचौं बलमा १० रन बनाएका आसिफ ईश्वरजोतको बलमा क्याचआउट भए।

यस अगाडि क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए। उनले १० चौका र २ छक्का प्रहार गरेका थिए। त्यसैगरी अर्का ओपनर नवनीत धालीवालले ४६ रन बनाए भने परगत सिंहले ३८ रन, श्रेयस मोब्बाले ४० रनको योगदान गरे। सोमपाल कामीको अन्तिम बलमा मोब्बा भीम सार्कीबाट आउट भएका हुन्।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २/२ विकेट लिए। सिनियर टोलीबाट डेब्यु गरेका आकाश चन्द, सूर्य तामाङ, पवन सर्राफ ले १/१ विकेट लिए। अन्तिम बलमा सोमपाल कामीले पनि थप एक विकेट लिन सफल भए। आजको खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.