मन्त्रिमण्डल पुनर्गठन त हुन्छ हुन्छ, त्यतिबेला तामाङ मन्त्री पक्का : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ समुदायका जनप्रतिनिधिलाई संघको मन्त्री बनाउने आश्वासन दिएका छन्। सोनाम ल्होछारका अवसरमा टुडीखेलमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री बनाउने ठाउँमा रहेको इंगित गरे।
उनले जसरी पनि मन्त्रिमण्डल पनर्गठन गर्ने दाबी गरे। त्यतिबेला तामाङ मन्त्री बन्ने उनले बताए। 'यो मञ्चबाट के घोषणा गर्नसक्ने ठाउँमा छु भने मन्त्रिमण्डलको जतिखेर पुनर्गठन हुन्छ। पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायका जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ। म यो लाखौं जनताको अगाडि भन्दैछु, मन्त्रिमण्डल पुनर्गठन त हुन्छ हुन्छ। त्यतिबेला तामाङ मन्त्री हुन्छन्,' उनले भने।