भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता हुनुपर्छ : राष्ट्रपति

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता हुनुपर्छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता हुनुपर्ने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पौडेलले जनमुखी विकासबाट मात्र नागरिकमा सकरात्मक सन्देश जाने दाबी गरेका हुन्।

उनले आयोगले भ्रष्टाचार नियन्त्रण गर्न पुर्‍याएको योगदान गरेको बताए। उनले साना कसुरदार मात्र नभई ठूला प्रकृतिका कसुरदारलाई समेत ध्यान दिएर कानुनको दायरामा ल्याउन पछि पर्न नहुने उल्लेख गरे। उनले अख्तियारले मुद्दा दायर गर्दा आग्रह र पूर्वाग्रह नभई अगाडि बढाउनुपर्ने धारणा राखे।

पौडेलले भने, ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही  हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारवाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु, नेपाली जनताको ठूलो वलिदान र संघर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो।’  

सुशासन लोकतन्त्रको प्राण वायु भएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेको धारणा राखे। उनले भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्नसमेत आग्रह गरे। राष्ट्रपति पौडेलले भने,‘मुलुकको नीति र कानुन निर्माण, विकास व्यवस्थापन र नागरिकहरूको आधारभूत सेवा प्रवाहमा संलग्न अख्तियार प्राप्त अधिकारीहरूलाई प्रचलित नीति र कानुनबोजिम निर्धक्कसाथ विवकेशील निर्णय र कार्यसम्पादन गर्न अनुकुल वातावरणको सिर्जना गर्नुपर्ने चुनौतीसमेत यस आयोग तथा  सम्बन्धित निकायका सामु देखापरेको छ ।’

null

उनले मुलुकको हितका लागि आफ्नो जीवनशैली सरल, इमान्दार पारदर्शी बनाउनु आवश्यकता रहेको बताए। महालेखाको प्रतिवेदनमा बेरुजु बढ्नु दुखद भएको उल्लेख गर्दै उनले यस्ताखालका गतिविधि हटाउन राज्यसंयन्त्र चनाखो हुनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.