पाकिस्तान चुनाव : इमरान खानको पार्टीद्वारा बहुमतको दाबी

चुनावमा पाएको जनादेश लुटेको आरोप, प्रदर्शनको तयारी

पाकिस्तान चुनाव : इमरान खानको पार्टीद्वारा बहुमतको दाबी
तस्बिर : बीबीसी।
सुन्नुहोस्

स्लामावाद : पाकिस्तानमा आम निर्वाचनको मतदान सकिएको तीन दिन बितिसकेको छ। अधिकांश सिटको नतिजा आइसकेको भएपनि सात सिटको नतिजा आउन बाँकी छ। यी सबै सिट बलुचिस्तानका हुन्।

हालसम्मको नतिजामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन्।

पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) दोस्रो स्थानमा छ। यसले अहिलेसम्म ७४ सिट प्राप्त गरेको छ। तेस्रो स्थानमा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी छ, जसले ५४ सिट ल्याएको छ।

अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले ३७ सिट जितेका छन्।

यसैबीच, इमरान खानको पार्टीका अध्यक्ष गौहर अली खानले आफ्नो पार्टीसँग बहुमत रहेको र देशका सबै संस्थाहरूले आफ्नो पार्टीको जित स्वीकार गर्नुपर्ने बताएका छन्।

शनिबार पत्रकार सम्मेलन गर्दै उनले शनिबार रातिसम्म पूर्ण नतिजा नआए आइतबार मतगणना भइरहेको सरकारी कार्यालय बाहिर आन्दोलन गर्ने बताएका थिए।
 
पाकिस्तान मुस्लिम लिग–एनका प्रवक्ता मरियम औरङ्गजेबले आफ्नो पार्टीले पाकिस्तान पिपुल्स पार्टीसँग सरकार गठनका विषयमा वार्ता गरेको तर अन्तिम निर्णय नभएको बताएकी छन्।

शनिबार राति ‘जियो न्यूज’सँग कुरा गर्दै उनले भनिन्, ‘जरदारी साहब र शाहबाज साहबबीच भेट भएको छ र प्रारम्भिक वार्ता भएको छ। गौहर अली खानसँग कुनै सम्पर्क भएको छैन र त्यस्तो कुनै इरादा पनि छैन।'

यसअघि पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले सरकार गठनका विषयमा कुनै पनि दलसँग वार्ता गर्न अस्वीकार गरेका थिए।
 
पीटीआईद्वारा आन्दोलनको तयारी 
 
इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले चुनाव जितेको दाबी गर्दै देशका धेरै भागमा विरोध प्रदर्शनको घोषणा गरेको छ।

पार्टीले चुनावमा पाएको जनादेश लुटेको आरोप लगाएको छ। पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा कार्यकर्ताहरूलाई प्रदर्शन गर्न आग्रह गरेको छ। पीटीआईले एक सन्देशमा दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शनको तयारी गर्न भनेको छ।

पीटीआईले ट्वीटरमा जनादेश खोस्ने प्रयासको विरोधमा दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शनहरू गरिने बताएको छ। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.