भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्दे‍शन - कामकाजलाई चुस्त बनाउनुहोस्

भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्दे‍शन - कामकाजलाई चुस्त बनाउनुहोस्
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

 झापा  : अर्थमन्त्री डा. प्रकाशशरण महतले भद्रपुर भन्सार कार्यालयको निरीक्षण गरेका छन् । आइतबार बिहान झापा आएका अर्थमन्त्री डा.महतले नेपाल–भारत सीमा नाका भद्रपुरस्थित मेची पुलसँगै भन्सार कार्यालयको निरीक्षण गरेका हुन् । उनले भन्सारको वर्तमान विषय वस्तुको बारेमा जानकारी लिएका थिए । 

निरीक्षणमा पुगेका डा.महतलाई यहाँका सरोकारवाला पक्षले भन्सारले अधिग्रहण गर्न लागेको जग्गाको बाँकी मुआब्जा रकम निकासा र भारततर्फको गलगलिया भन्सार कार्यालयको स्तोरन्नतिका लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन् । 

छोटीबाट मूल भन्सारमा स्तोरन्नति गरिएको भद्रपुर भन्सारको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा रकम कुल ६१ करोडमध्ये १० करोड रकम मात्र उपलब्ध भएकोले बाँकी रकम तत्काल निकासा गरिदिन अर्थमन्त्री डा.महतको ध्यानाकर्षण गराइएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए । अर्थमन्त्रीले त्यसका लागि छिट्टै पहल गर्न आश्वासन दिएको  उनले बताए । 

निरीक्षण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलसहित उद्योगी तथा व्यापारीहरूको सहभागिता रहेको थियो । भद्रपुर भन्सारको निरीक्षण पश्चात् अर्थमन्त्री डा. महत आन्तरिक राजश्व कार्यालय झापाको समेत निरीक्षण गर्दै कामकाजलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए । 

उनी मेची भन्सार कार्यालय काँकडभिट्टाको निरीक्षण र दमक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.