पाकिस्तानमा सरकार गठनको प्रयास तीव्र

पाकिस्तानमा सरकार गठनको प्रयास तीव्र
सुन्नुहोस्

स्लामावाद : पाकिस्तानमा इमरान खानको पार्टी पीटीआईले बहुमत ल्याउने दाबी गरिरहेको छ। त्यस्तै अन्य दलले पनि सरकार गठनको प्रयासलाई तीव्र पारेका छन् ।

मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्युएम) को एक प्रतिनिधिमण्डलले पाकिस्तान मुस्लिम लिग-एनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज सरिफसँग भेट गरेका छन् ।

पाकिस्तान मुस्लिम लिग-एनका प्रवक्ता र पूर्व मन्त्री मरियम औरंगजेबका अनुसार एमक्यूएम नेताहरूले नवाज शरीफलाई भेट गरेका छन्।

एमक्यूएम प्रतिनिधिमण्डलको नेतृत्व डा खालिद मकबुल सिद्दीकीले गरिरहेका छन् । उनीसँगै सिन्धका गभर्नर कामरान टेसुरी र अन्य नेताहरु पनि छन् ।

बैठकमा नवाज शरीफका अलावा मरियम नवाज र पूर्व प्रधानमन्त्री शाहबाज शरीफ पनि सहभागी हुनेछन् ।

बीबीसीका अनुसार बैठकमा नयाँ सरकार गठन, भावी राजनीतिक रणनीतिको तयारी र अन्य धेरै महत्वपूर्ण विषयमा छलफल हुनेछ ।

पाकिस्तानको राष्ट्रिय सभाका लागि हालसम्म सम्पन्न निर्वाचनको नतिजामा मुस्लिम लिग–एन दोस्रो ठूलो दल बनेको छ । उसले ७५ सिट र एमक्यूएमले १७ सिट जितेको छ ।

पहिलो नम्बरमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार छ, जसले ९३ सिट जितेका छन् । 

पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्।

समाचारहरूका अनुसार शरिफको पीएमएल-एन दल र अन्य समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ।

आम चुनावको औपचारिक नतिजा घोषणा हुन अझै बाँकी छ।  

एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताएका छन्।

उनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताएका छन्।

उक्त सन्देशमा भनिएको छ, 'म तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ...तपाईँहरूले इतिहास रच्नुभएको छ।'

खान यतिखेर जेलमा छन्। आफू दोषी पाइएका मुद्दालाई उनले राजनीतिक मनसायबाट प्रेरित बताएका छन्।  
 
बहुमत ल्याउन कति सिट चाहिन्छ?

नेस्‍नल असेम्बलीको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ। पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्।

राष्ट्रियसभा भनिने सङ्घीय संसद्‌सहित प्रान्तीय सभाहरूमा समेत गरेर देशभरि ५,००० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।

धाँधलीको आरोपप्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

धेरै विश्लेषकहरूले पाकिस्तानको पछिल्लो निर्वाचनलाई हालसम्मकै कम विश्वसनीय आम चुनाव भनिरहेका छन्। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.