पोर्चुगल पठाइदिने भनेर १८ लाख ठगी गर्ने महिला पक्राउ
![पोर्चुगल पठाइदिने भनेर १८ लाख ठगी गर्ने महिला पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_QCzXeKdJet_gIxivrKdZk.jpg)
काठमाडौं : पोर्चुगल पठाइदिन्छु भनेर १८ लाख ठगी गर्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-१२ घर भई हाल काठमाडौंको सामाखुशीमा बस्दै आएकी ३० वर्षीया मन्जु रावत घर्ती रहेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। पोर्चुगलमा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ५० हजार रुपैयाँ कमाइ हुने आश्वासन दिएर १८ लाख लिएपछि उनी फरार भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)