डोल्पाको मुड्केचुलाले पनि सर्वोच्चको आदेश अवज्ञा गर्यो
डोल्पा : हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले सूचना जारी गरेर माघ १३ गतेको गाउँ कार्यपालिकाको निर्णयअनुसार फागुन १ गते सार्वजनिक बिदा दिन लागिएको जनाएको छ।
तत्कालीन जनयुद्धको आधार इलाका रुपमा रहेको मुड्केचुला गाउँपालिकाले निकालेको सूचनामा सशस्त्र जनयुद्ध नै लोकतान्त्रिक गणतन्त्र स्थापनाको आधार भएको उल्लेख गरिएको छ।
उक्त दिनमा गाउँपालिका मातहत रहेका सरकारी कार्यालय, विद्यालय लगायतका सम्पूर्ण संघ संस्थामा सार्वजनिक बिदा दिइएको अध्यक्ष दत्तबहादुर शाहीले बताए।