अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ: जितेन्द्रदेव

अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ: जितेन्द्रदेव
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले जनतालाई सन्तुष्ट पार्न नसकेका कारण व्यवस्थामाथि असन्तुष्टि पैदा भएको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै देवले व्यवस्था परिवर्तन भएपनि जनतालाई सन्तुष्टि दिन नसकेकाले व्यवस्थामाथि असन्तुष्टि पैदा सिर्जना भएको बताएका हुन् । 

अहिले मुलुकमा गम्भीर संकट आएको भन्दै नयाँ परिवर्तन ल्याउने राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए । उनले सुशासन कायम गर्न पूर्णरुपमा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने,रोजगारीको सिर्जना गर्नुपर्ने र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सक्नुपर्ने धारणा राखे।

भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले देखाएको इच्छाशक्तिलाई पुरा गर्न राजनीतिक दलहरु गम्भीर हुनुपर्नेमा जोड दिए। उनले नेताहरूले भ्रष्ट कार्यकर्ताहरूलाई टिकट दिन र मन्त्री बनाउन नहुनेमा जोड दिए। त्यस्तै उनले मुलुकमा भ्रष्टाचारमा जति राजनीतिक नेताहरू जिम्मेवार छन् त्यति नै कर्मचारीतन्त्र पनि जिम्मेवार हुनुपर्ने बताए। सांसद देवले अख्तियारको संरचनामा पुनर्विचार गर्नुपर्ने र राजनीतिक हस्तक्षेमुक्त बनाउनुपर्ने सुझाव दिए । 

उनले जनतालाई विश्वासमा लिएर देश बनाउने संकल्प गर्नुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.