संसदीय टोलीले प्रधानमन्त्रीलाई बुझायो चीन भ्रमणको प्रतिवेदन

संसदीय टोलीले प्रधानमन्त्रीलाई बुझायो चीन भ्रमणको प्रतिवेदन
तस्बिर : संसद‍् सचिवालय
सुन्नुहोस्

काठमाडौं : चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएको हो। भ्रमण टोलीले सरकारलाई १४ वटा सुझाव समेत दिएको छ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । ‘औपचारिक भ्रमणबाट तपाईंहरुले दिनुभएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौं,’प्रधानमन्त्रीले भने,‘भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु ।’

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदको टोली पुस २ गतेदेखि १४ गते चीन भ्रमणमा गएको थियो। प्रतिनिधि सभाका १४, राष्ट्रिय सभाका ३ र संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का समेत ३ जना अधिकृतहरू चीन भ्रमणमा गएका थिए।

प्रतिवेदन बुझाएपछि भ्रमण टोलीका नेता पाण्डेले लिखित प्रतिवेदन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसद सचिवालय र नेपाल सरकारलाई बुझाएर कार्यान्वयनका लागि आग्रह गरिएको बताए ।  

भ्रमण टोलीले सरकारलाई दिएका सुझावहरू

  •  जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने देखिन्छ ।
  •  नीतिगत निरन्तरता आवश्यक हुने देखिन्छ । 
  •  दुई देश वीच भएका विगतका समझदारीहरुलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने देखिन्छ । 
  •  विकासका लागि भूमि माथि राज्यको अधिकार बलियो हुनु पर्ने देखिन्छ । 
  • चिनियाँहरुलाई लगानीको वातावरण निर्माण गर्नु पर्ने देखिन्छ । 
  •  चिनियाँ पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ । 
  • गरिवी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट नेपालले पाठ सिकी ग्रामीण वस्तीहरुलाई सडक सञ्जालले जोड्ने, किसानहरुलाई मल, बीउ, उपकरण उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरुको विकास गर्ने, नयाँ गाँउहरुको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरु उपलब्ध गराउने कार्य गर्नु पर्दछ । 
  •  विकास र वातावरणलाई संग संगै लैजानु पर्दछ । 
  • भ्रमण कार्यक्रमबारे समयमा नै सम्बन्धित पक्षले संसद सचिवालयलाई जानकारी गराउनु पर्दछ  र भ्रमणको पूर्वतयारी राम्ररी गरेरमात्र भ्रमण कार्यक्रम तय हुनुपर्दछ ।
  •  भ्रमण पूर्वसम्बन्धित मुलुकका विविध पक्षबारे जानकारी गराउने प्रि विफिङ्ग कार्यक्रम गरिनु पर्दछ  ।
  • भ्रमणलाई संस्थागत गर्नुपर्दछ ।
  • चीनसँगका सीमा नाकाहरु खोल्ने,व्यवस्थित गर्न जोड दिनुपर्दछ । 
  • चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ । 
  • चीन भ्रमण र अनुभव आदान प्रदानका लागि संस्थागतरुपमा नै संघ, प्रदेश तथा स्थानीय तहलाई पनि समेट्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.