जग्गा भाडामा लिएर ट्रमा सेन्टर बनाउँदै बर्दघाट

जग्गा भाडामा लिएर ट्रमा सेन्टर बनाउँदै बर्दघाट
सुन्नुहोस्

परासी:  नवलपरासीको बर्दघाट नगरपालिकामा ट्रमा सेन्टर निर्माण हुने भएको छ । सरकारबाट रकम सुनिश्चितता भएसँगै ट्रमा सेन्टर बन्ने पनि सुनिश्चित भएको हो । त्यसका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । 

पूर्वपश्चिम राजमार्गमा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । राजमार्गमा हुने सडक दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउनका लागि ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो । 

सेन्टर निर्माणका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले पत्र पठाएपछि माघ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बहुवर्षिय ठेक्काअन्तरगत १५ करोड रुपैयाँ सुनिश्चित गरेको हो । नगरपालिकाले २० करोड माग गरेपनि १५ करोड रुपैयाँ सुनिश्चित भएको हो ।

 ‘स्वास्थ्य मन्त्रालयले सहरी विकास तथा भवन निर्माणलाई पत्र पठाएपछि बर्दघाटमा नै ट्रमा बन्ने सुनिश्चित भएको छ,'नगर प्रमुख श्रेष्ठले भने । ट्रमा सेन्टर २५ बेडको निर्माण हुने छ । ट्रमा सेन्टर निर्माण गर्नका लागि अघिल्लो वर्ष १० करोड र गत वर्ष ४ करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको थियो । 

तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको पहलमा बर्दघाटमा ट्रमा सेन्टर निर्माण गर्न पहिलो पटक रकम सुनिश्चित गरिएको थियो ।  रकम सुनिश्चित भएपनि जग्गा प्राप्ति हुन नसकेकाले रकम फ्रिज भएको नगरपालिकाले जनाएको छ ।

‘जग्गा नहुँदा यसअघि आएको दुई/दुई पटकको रकम फ्रिज भएर गयो,अहिले जग्गाको व्यवस्था भइसकेको र रकमको समेत सुनिश्चितता भइसकेकाले ट्रमा सेन्टर बन्ने पनि सुनिश्चित भएको छ,' नगर प्रमुख श्रेष्ठले भने । सेन्टर निर्माणका लागि वडा नं. २ स्थित चिसापानी अस्पताल नजिक रहेको राष्ट्रिय आवास कम्पनीको डेढ बिघा जग्गा नगरपालिकाले भाडामा लिएको छ । वार्षिक साढे तीन लाख भाडा दिने गरी नगरपालिकाले आवास कम्पनीको जग्गा भाडामा लिएको हो । 

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत यसै चालु आर्थिक वर्षदेखि निर्माणको काम सुरु हुने नगरपालिकाले जनाएको छ । ट्रमा सेन्टरका लागि प्रकृया अघि बढेका सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । ‘आवाससहित ट्रमा सेन्टर निर्माण गर्न २० करोडको लागत पठाइएको थियो । अहिले १५ करोड सुनिश्चितता भएकाले उक्त रकमबाट आवासबाहेकको भवन निर्माण पूरा गछौं,' आयोजना प्रमुख इन्जिनिरयर झपटबहादुर थापाले भने,'दुई वर्षभित्र काम सक्ने गरी प्रकृया अघि बढाएको छौं । स्टिमेट भइरहेकाले अबको दुई हप्ताभित्र भवन निर्माणका लागि ठेक्का आव्हान गर्छौं ।’ 

भवन निर्माण यसैवर्षदेखि सुरु हुने आयोजनाले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.