अनिल साहको लगातार दोस्रो अर्धशतक
![अनिल साहको लगातार दोस्रो अर्धशतक](https://annapurnapost.prixacdn.net/media/albums/Anil_Kumar_Sah_Cricket_qm9arKhDEE_jUnVwMampU.jpg)
काठमाडौं : अनिल साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्। क्यानडाविरुद्धको अन्तिम एक दिवसीय खेलमा अनिलले ५१ बलमा अर्धशतक प्रहार गरेका हुन्। यसअघि उनले शनिबार राष्ट्रिय टोलीमा पुनरागमन गर्दै क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए। उनले १९ बलमै ५० रन बनाएका थिए।
नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको छ। १७ ओभरको खेलमा नेपालले एक विकेटको क्षतिमा ९७ रन बनाएर खेलिरहेको छ।
नेपालका लागि अनिल ५४ र भीम सार्की २४ रन बनाएर खेलिरहेका छन्। यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)