६ महिनामा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल घुमे
![६ महिनामा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल घुमे](https://annapurnapost.prixacdn.net/media/albums/mustang-tourist_RfMD4rXF1J_W2tEN4z5mG.jpg)
काठमाडौं : नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ। सोमबार सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार नेपालमा पर्यटक आगमन बढेको देखिएको हो।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को पौष महिनासम्ममा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत आर्थिक वर्षको यसै अवधिमा यो संख्या ३ लाख ८४ हजार मात्र रहेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)