विवाहेत्तर सम्बन्धका कारण प्रमिलाको हत्या

विवाहेत्तर सम्बन्धका कारण प्रमिलाको हत्या
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्री घटनाबारे जानकारी दिँदै।
सुन्नुहोस्

काठमाडौं : प्रहरीले काठमाडौंको विजय चोकस्थित सिराहा-धनुषा गेष्ट हाउसमा प्रमिला दमाईको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै प्रमिला दमाईको हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर घर भइ काठमाडौं बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको हो। गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान गरेको थियो। 

मृतक प्रमिला होटलमा एक पुरुषसँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान गर्दै जाँदा होटलमा सँगै बस्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए। 

कुमार र प्रमिलाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धका बारेमा दुवै परिवारलाई समेत जानकारी रहेको प्रहरीले जनाएको छ। प्रमिलाले कुमारलाई विवाह गर्न भने पनि नमानेको र त्यही विषयलाई लिएर पटक-पटक झगडासमेत हुने गरेको एसएसपी खत्रीले जानकारी दिए। त्यही विषयलाई लिएर प्रमिलाको घाँटीमा कसेर हत्या भएको अनुसन्धानबाट खुलेको थियो।

हत्या गरेर फरार भएका कुमार श्रेष्ठलाई काठमाडौंको बुद्धनगरबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रतिवादीबाट घटना हुँदा लगाएको टिसर्ट च्यातिएको अवस्थामा बरामद गरिएको छ भने घटना हुँदा प्रयोग गरिएको भनिएको टिसर्ट सीसीटिभीबाट समेत पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.