क्यान्सर र ब्रेन ट्युमरका बिरामीलाई आर्थिक सहायता गर्ने गण्डकी प्रदेशको निर्णय

क्यान्सर र ब्रेन ट्युमरका बिरामीलाई आर्थिक सहायता गर्ने गण्डकी प्रदेशको निर्णय
सुन्नुहोस्

बागलुङ : गण्डकी प्रदेश सरकारले क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित बिरामीहरूलाई राहत रकम दिने भएको छ। बागलुङको धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका ७० जना क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित बिरामीहरूलाई आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशकी ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले क्यान्सर र ब्रेन रोगबाट पीडित बिरामीहरूलाई आर्थिक सहायता उपलब्ध गराउनका लागि उक्त निर्णय गरिएको बताइन्। 

उनले प्रदेश निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यमा नेपाल सरकारका पूर्व सहसचिव विरेन्द्रबहादुर हमाललाई नियुक्त गरिएको बताइन्। उनले १० सदस्य समितिमा दुई जनालाई सोमबार निर्णय गरिएको जानकारी दिइन्। 

यस्तै प्रदेश सरकारले सीमा विवाद रहेको मनाङको नासोँ गाउँपालिकाको सिमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ। मन्त्री तिवारीले नासोँ गाउँपालिकाका केही वडाहरूमा सीमाको विवाद रहेकाले सिमाना संशोधनको लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको बताइन्। 

गण्डकी प्रदेश सरकारले समपुरक तथा विशेष अनुदानअन्तर्गत आयोजना कार्यक्रम समावेश गर्न नेपाल सरकार मार्फत राष्ट्रिय आयोजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशन २०८० स्वीकृत गरेको छ। 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेश साझेदारी फर्मको नियम तथा व्यवस्थापन  गर्नका लागि बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री तिवारीले बताइन। मन्त्री तिवारीले गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको जानकारी दिइन्। 

मन्त्रिपरिषद बैठकले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गरी स्थानीय जनसमुदायलाई आर्थिक सामाजिक समुन्नतिमा टेवा पुर्‍याउने उद्देश्यले फागुन ९ गतेदेखि २३ गतेसम्म बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० मा आवश्यक सहयोग र सक्रिय सहभागिताका लागि प्रदेश सरकारले अनुरोध समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.