कोकिल मिडियाको कारोबार रोक्का गर्ने विज्ञापन बोर्डको निर्णय, दस हजार जरिवाना तिराइयो

कोकिल मिडियाको कारोबार रोक्का गर्ने विज्ञापन बोर्डको निर्णय, दस हजार जरिवाना तिराइयो
सुन्नुहोस्

काठमाडौं : विज्ञापन बोर्डले 'कोकिल मिडिया' एजेन्सीलाई कारबाही गरेको छ। मनपरी सेवा शुल्क तोकेपछि बोर्डको बैठकले कोकिल मिडियालाई १० हजार जरिवानासहित असार मसान्तसम्म कारोबार रोक्का गर्ने निर्णय गरेको हो।

नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग उक्त एजेन्सीले गत असोज १२ मा गरेको सम्झौतामा विपरीत शुल्क लिने तयारी गरेको पाइएको छ। बोर्डका प्रवक्ता निशानराज गौतमका अनुसार कोकिल मिडियाले उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिनेगरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकाले कारबाही गरिएको बताए। कोकिलले केन्द्रसँग विज्ञापन प्रसारणबापत प्रति स्पट रु.१०६।६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु. ११ । ११ मा प्रसारण आदेश दिई प्रति स्पट रु.९८।५० अर्थात् ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको गरेको प्रवक्ता गौतमले बताए।

त्यतिमात्र होइन, कोकिल मिडियाले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० वटा एफएम रेडियोमा मात्र विज्ञापन प्रसारणको आदेश दिएको पाइएको छ। 'बोर्डको माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ख को उपनियम (१) बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ। कोकिल मिडियाले अत्याधिक सेवा शुल्क राखी कालोबजारी गरेको छानविनका क्रममा पाइएपछि कारबाही गरिएको हो,' बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 
मनपरी शुल्क लिने तयारी गरेपछि एफएम रेडियोहरूले गत असोज १८ गते विज्ञापन बोर्डमा उजुरी दिएका थिए। उक्त उजुरीउपर छानविन गर्न बोर्डले असोज २३ गते तीन सदस्यीय छानविन समिति बनाएर अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा अत्याधिक सेवा शुल्क लिने, तोकिएका सबै सञ्चार माध्यममा विज्ञापन प्रसारण नगर्ने तथा नियमानुसार सूचीकृत भएका विज्ञापन एजेन्सी र सञ्चारमाध्यमसँग मात्र विज्ञापन कारोबार गर्नुपर्नेमा त्यसो गरेको नपाइएपछि कोकिल मिडियालाई कारबाही गरिएको बोर्डले जनाएको छ। 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.