उद्योगी डुब्दा सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

उद्योगी डुब्दा सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की
सुन्नुहोस्

विराटनगर : मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको छैठौं प्रदेश सभामा उनले साझेदार छुटिएर जानसक्छ तर पाङ्ग्रा छुटिँदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेको बताएका हुन्।

'कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन,' उनले भने, 'बैंक डुब्यो भने रोजगारी पाउने अवस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउनै लागेको छ।' महासंघको यो सभाले प्रदेशको दिगो विकासमा केन्द्रित हुन्छ भन्नेमा विश्वस्त रहेको बताएका छन्।

प्रदेशको उद्यमशिलतालाई अगाडि बढाउन उद्योग दर्तासम्बन्धी नियमावली ल्याएर अनलाइनबाट नै उद्योग दर्ता, नवीकरणलगायतको काम सुरु भइसकेको मुख्यमन्त्री कार्कीले बताएका हुन्। 'अलैंचीको व्यापार भारतमात्रै होइन, तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको छ,' उनले भने, 'कुनै पनि विषयमा दुःख दिने खालको निकास नखोजौं, भारतमा मात्रै अलैंची निकासी गर्दा मूल्यमा कमी आएको बेला यहाँका किसानलाई घाटा व्यहोर्नु पर्छ।' कानुन डर, त्रास देखाउने हतियार नभइ सहजीकरण गर्ने माध्ययम भएकोले उद्योगी व्यवसायीहरूलाई नडराउन उनले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.