अन्तर्राष्ट्रिय उपकुलपति सभा हुँदै

अन्तर्राष्ट्रिय उपकुलपति सभा हुँदै
सुन्नुहोस्

काठमाडौं : काठमाडौं विश्वविद्यालयले यही फागुन ३ गतेदेखि ५ गतेसम्म उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आयोजना गर्ने भएको छ। भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौंं विश्वविद्यालयको तत्वावधानमा उक्त कार्यक्रम काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित मुख्य परिसरमा हुने भएको छ। 

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्यान्डलगायत देशका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहने सोमबार बालकुमारीस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंं विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले बताइन्। विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तरविश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछ। 

सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुने छन् भने दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहित गर्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.