नवलपरासीमा हजुरबुवा र नातिको हत्या

नवलपरासीमा हजुरबुवा र नातिको हत्या
घटनास्थल । तस्बिर : जिल्ला प्रहरी कार्यालय।
सुन्नुहोस्

परासी : नवलपरासीको सुस्ता गाउँपालिकामा  हजुरबुवा र नातिको हत्या भएको छ ।  गएराति अन्दाजी १/२ बजेको समयमा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका नाती ९ वर्षीय गौचरण चमार छन् । घरमै उनीहरुको हत्या भएको हो । सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घर छ । त्यही उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए । 

 

मृतक गौचरण २ नाति, १ नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । पछिल्लो समय छोरा रोजगारीका लागि भारत गएका र बुहारी पनि १ नाति र १ नातिनी लिइ भारत माइती घरमा गएकी थिइन् ।  १ नाति भने मृतक गौचरणसँगै बस्दै आएका थिए । 

हत्या पश्चात उनीहरुको शव हत्याराले आँगनमा ल्याएर राखेका थिए । घटनास्थल रगताम्य देखिएकाले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले आशंका गरेको छ । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेर राखेको छ  । घटनाको अनुसन्धान गर्न भैरहवाबाट कुकुर आउँदै गरेकाले थप अनुसन्धान त्यस पश्चात मात्र खुल्ने एसपी आचार्यले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.