आज भ्यालेन्टाइन सप्ताहको छैटौं दिन, चुम्बन डे : यस्तो छ इतिहास
आज भ्यालेन्टाइन सप्ताहको छैटौं दिन –किस डे । भ्यालेनटाइ सप्ताह वा चुम्बन डे मनाउने चलन पश्चिमी संस्कृतिबाट भित्रिएको हो। संसारमा चुम्बनको पहिलो लिखित इतिहास भने भारतको वैदिक-संस्कृत साहित्यमा पाइएको बताइएको छ।
विश्वका प्रसिद्ध मानवशास्त्री विलियम जान्कोभिकले चुम्बनबारे अनुसन्धान गरेका थिए । उनले हाल ओठ-ओठ जोडेर चुम्बन गर्ने चलन विश्वमा जानकारीमा आएका १६८ संस्कृतिमध्ये ४६% मा प्रचलित भएको बताएका छन्। अन्यमा ठाउँमा हात, टाउको वा गालामा चुम्बन गरिन्छ।
चुम्बन रोमान्टिक कुरा मात्र नभएर मनोविज्ञानसँग पनि जोडिएको मनोवैज्ञमनिक बताउँछन्। मनोविज्ञानका अनुसार केहि सेकेन्डको राम्रो चुम्बनबाट प्रेमीले एकअर्काको बारेमा बोलेर लेखेर व्यक्त गर्न घण्टौं लाग्न सक्ने धेरै कुरा थाहा पाउँछन्।
चुम्बन गर्दा शरीरको स्नायु प्रणाली र हार्मोनमा सकारात्मक प्रभाव
आज चुम्बन दिवसको अवसरमा यसको विज्ञान, यससँग सम्बन्धित केही कथा र सम्बन्धमा यसको महत्त्वका बारेमा जानौँ । ओठ शरीरको सबैभन्दा नाजुक अंग हो। यो यूएसबी जस्तै डाटा स्थानान्तरण गर्ने शरीरको भाग हो।
मानिसहरु अँगालो हाल्छन् र हात मिलाउँछन्, तर चुम्बन नै प्रेम सम्बन्धको लागि यति महत्त्वपूर्ण किन हुन्छ? यसको जवाफ मानव शरीरको संरचनामा छ।
अन्य अंगको तुलनामा ओठमा सबैभन्दा धेरै स्नायु न्यूरोन्स हुन्छ। जसका कारण ओठ हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग बनेको छ। चुम्बन प्रक्रिया सुरु हुने बित्तिकै ओठमा रहेको नर्भ न्यूरोन्सले गन्ध, स्पर्श र स्वादको माध्यमबाट मस्तिष्कमा सन्देश पठाउन थाल्छ।
यस अवधिमा मानव मस्तिष्कले उक्त व्यक्ति राम्रो पार्टनर बन्न सक्छन् कि सक्दैनन्, विश्वासिलो हुनेछन् कि हुँदैनन् जस्ता कुरा धेरै हदसम्म थाहा पाउँछ। चुम्बन गर्दा, मुटु र मस्तिष्कले यूएसबीले जस्तै डाटा ट्रान्सफर गर्दछ।
मुख-मुख जोडेर खाना खुवाउँदा चुम्बनको सुरुवात
रोमान्सको प्रतीक बनेको चुम्बन सुरुमा यसरी रोमान्सको रुपमा आएको थिएन । चुम्बन मातृत्वसंग जोडिएको थियो। आदिम मानवको समयमा, जब आगो बाल्ने कुनै साधन थिएन आमाहरूले बच्चाले आरामसँग खान सकून् भनेर काँचो मासु वा तरकारी चपाएर आफ्ना छोराछोरीको मुखमा राखिदिने गर्थे। यो चराले आफ्नो बच्चालाई खाना खुवाएजस्तै प्रक्रिया हो।
यो प्रकृति हाम्रा पुर्खा बाँदरको समयदेखि मानव स्वभावमा गाँसिएको छ । यो कारणले गर्दा कुनै पनि बच्चालाई चुम्बन सिकाउनु पर्दैन। त्यसैले आमा नजिक आउने बित्तिकै बच्चालेले आमाको ओठमा चुम्बन गर्न खोज्छ। किनकी यो बच्चाको डिएनएमा नै चुम्बनले खाना, प्रेम र सुरक्षा प्रदान गर्दछ भन्ने आएको छ।
डार्विनले विकास सिद्धान्त मार्फत गन्ध र चुम्बनको विज्ञान को व्याख्या गरेका छन्।
मानवविज्ञान र मनोविज्ञानका अनुसन्धानले चुम्बन भावनाहरू आदानप्रदान गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउँछ। यदि त्यस्तो हो भने अरु जनावरले किन चुम्बन गरेनन् ? ओठ-ओठ चुम्बन गर्ने प्रचलन सामान्यतया मानिसहरूमा मात्र देखिन्छ।
केही प्रजातिका चराचुरुङ्गी र स्तनपायीहरूमा उक्त प्रक्रियाबाट खाना खुवाउने चलन देखिएको छ तर तिनीहरूमा पनि भावना व्यक्त गर्न चुम्बन गर्ने चलन छैन।
प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनले आफ्नो विकास सिद्धान्तमा यसको कारण दिएका छन् ।
वास्तवमा, विकासक्रमको दौडान मानिसहरूले आफ्ना धेरै आदिम गुणहरू त्यागे। उसको शिकार गर्ने, सुँघ्ने र हेर्ने क्षमता घट्यो। यसका लागि मानिसले हतियारको सहारा लिन थाले । जनावरहरूले एकअर्काका भावनाहरू केही फिटको दूरीबाट सुँघेर बुझ्न सक्छन्, तर मानिसहरूलाई समान भावनाहरू बुझ्न चुम्बनको जरुरी पर्छ। किनभने विकासको क्रममा, हाम्रो गन्धबाट भावना बुझ्ने क्षमता विलिन भयो।
सरल भाषामा भन्नुपर्दा कुकुर, सिंह, हात्ती वा डल्फिनले गन्ध वा छालबाट महसुस गर्न सक्ने भावना बुझन् मानिसले नसक्ने भएको चुम्बन वा अन्य यस्तै शारीरिक रुपमा नजिकिन आवश्यक पर्छ।
चुम्बनले हरेक मिनेटमा २५ क्यालोरी बर्न गर्छ, चिन्ता र थकान कम गर्छ
चुम्बन केवल परिचय र प्रेममा सीमित छैन। यसले स्वास्थ्यमा पनि धेरै सकारात्मक प्रभाव पार्न सक्छ।
‘मेडिकल हाइपोथेसिस’ जर्नलमा प्रकाशित रिपोर्ट अनुसार चुम्बन गर्दा प्रति मिनेट २५ क्यालोरी घट्छ। रिपोर्टमा यो पनि भनिएको छ कि २० सेकेन्डको किसिङ सेसनपछि शरीरमा पर्याप्त मात्रामा राम्रा हर्मोन निस्कन्छ, जसले दुवै पार्टनरलाई आराम महसुस गराउन प्रभावकारी हुन्छ। यो अवधिमा पार्टनरको रक्तचाप सामान्य हुन्छ।
संसारमा प्रेम देखाउने धेरै तरिकाहरू छन्। विभिन्न संस्कृतिहरूमा प्रेम देखाउने अभ्यासलाई लिएर विवादहरू छन्। कुनै संस्कृतिमा माया देखाउने तरिका कुनै संस्कृतिमा अश्लील मानिन्छ। दैनिक भास्कर