नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शिक्षकविरुद्ध अख्तियारले हाल्यो मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शिक्षकविरुद्ध अख्तियारले हाल्यो मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरी घिमिरेले कास्कीको पोखरा महानगरपालिका-८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरी जागिर खाएको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए।

शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएको र छानविनको माग गर्दै  शिक्षक शर्माविरुद्ध अख्तियारमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा शिक्षक शर्माले माध्यमिक शैक्षिक परिषद्,उत्तर प्रदेश,बोर्ड अफ हाइस्कु्ल एण्ड इण्टरमिडियट एजुकेसन,युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धांक पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

शिक्षक शर्माले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको हुँदा उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ (१) बमोजिम सजाय र मागदावी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.