जन्ती गएका युवाको जन्ती बोकेको बसकै ठक्करबाट मृत्यु

जन्ती गएका युवाको जन्ती बोकेको बसकै ठक्करबाट मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको कटहरीमा मंगलबार बिहान जन्ती बोकेको बसले ठक्कर दिँदा बिहेमा जन्ती गएका एक जना युवाको मृत्यु भएको छ। कटहरी गाउँपालिका–४ नयाँ बजारमा प्रदेश १–०२–००१ ख ९८४८ नम्बरको बसले ठक्कर दिँदा कटहरी–४ का २५ वर्षीय अमित टुडुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बिहेमा जन्ती गएका टुडु सोही बसमा सवार थिए। जन्ती बोकेर झपडतलबाट कटहरीतर्फ आउँदै गरेको बसबाट ओर्लने क्रममा बिहान ४:४५ बजेतिर टुडु लडेका थिए। लडेकै ठाउँमा उनलाई बसले ठक्कर दिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका टुडुलाई उपचारका लागि कोशी अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटना हुनुभन्दा अघि बसका चालक तथा सहचालकसँग जन्तीको झगडासमेत परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुई पक्षबीच विवाद हुँदै गरेका बेला बसबाट ओर्लिएका टुडुलाई आफू सवार रहेकै बसले ठक्कर दिएको हो। जन्तीले बसभित्रै पिसाब गरिदिएको विषयलाई लिएर विवाद भएको पाइएको प्रहरीको भनाइ छ। 

दुर्घटनालगत्तै आक्रोसित बनेका जन्तीहरूले बसमा तोडफोड गरिदिएका छन्। तोडफोडबाट बसको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस र चालक कटहरी–३ का २९ वर्षीय सरोज विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.