शरणार्थी शिविरमा ८ महिने बालकको हत्या, दुईजना पक्राउ

शरणार्थी शिविरमा ८ महिने बालकको हत्या, दुईजना पक्राउ

झापा :  झापाको दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा ८ महिने बालकको हत्या भएको  छ। शिविरको सेक्टर बी४ हट ४३२ मा बस्ने ५० वर्षीय पञ्चवीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुष्मिता बिश्वाको ८ महिनाको छोरा एरित ओलीको सोमबार हत्या भएको हो। 

प्रहरीका अनुसार एरितलाई पञ्चवीरले पछारेका थिए। पछारेपछि अचेत बनेका बालकलाई उपचारका लागि दमक अस्पताल पठाएको र त्यहाँ इसीजी नभएका कारण दमकमै रहेको किओच बाल अस्पताल पठाइएको थियो। त्यहाँ लैजाने बितिक्कै अस्पतालले मृत घोषणा गरेको थियो। बालकको शव शवगृहमा राखिएको छ। 

पञ्चवीर र सुष्मिताले बालको हत्या गरेको आशंकामा दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाले मादक पदार्थ सेवनका गरेका थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.