काँकडभिट्टाबाट भारत प्रवेश गरेका विदेशी फुटबलरसहित दुई जना पक्राउ

काँकडभिट्टाबाट भारत प्रवेश गरेका विदेशी फुटबलरसहित दुई जना पक्राउ
सुन्नुहोस्

झापा : पूर्वी नाका काँकडभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जनालाई भारतीय एसएसबीले पक्राउ गरेको छ। 

बिना कागजात अवैधरूपमा भारत प्रवेश गरेको आरोपमा पश्चिम अफ्रिका सेनेगल निवासी अब्दुल्ला आबुबकर र भारतीय युवक विहार राज्यका मुकेश ठाकुरलाई नक्सलबारीको लालीजोत सीमामा तैनाथ एसएसबी टोलीले सोमबार साँझ पक्राउ गरेको हो। 

सेनेगलका आबुबकर विदेशी फुटबल खेलाडी हुन्। उनलाई भारतीय युवक ठाकुरले मोटरसाइकलमा हालेर भारत पुर्‍याएका थिए। सन् २०१९ मै नेपालको भिजा सकिए पनि आबुबकर नेपालमा बसेर फुटबल खेल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

विदेशी फुटबलरलाई सीमा पार गराउने आरोपमा ठाकुरलाई पनि एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ। एसएसबीले पक्राउ परेका दुवै जनालाई नक्सलबारी प्रहरीलाई बुझाइसकेको छ। प्रहरीले दुवै जनालाई सिलगुडी जिल्ला अदालतमा पेस गरिसकेको छ।
 
यता पक्राउ परेका विदेशी फुटबलर आबुबकर नेपालका क्लबहरूबाट अफिसियल खेल नखेलेको पाइएको छ। आबुबकर नेपालमा बसेर अफिसियल बाहेकका खेलहरू खेलेको हुन सक्ने बुझिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.