बालुवाले छोपेर राखेको अवैध काठ बरामद
झापा : भद्रपुर नगर प्रहरीले देउनियाँ खोलाबाट अवैध काठ बरामद गरेको छ। नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि खटिएका नगर प्रहरीले मंगलबार बिहान ५ बजे भद्रपुर-३ स्थित देउनियाँ खोलामा बालुवाले छापेर राखेको सातवटा गोलिया काठ बरामद गरेको हो।
सखुवा र टिक जातको अन्दाजी ४० किवी काठ बरामद गरिएको नगर प्रहरीका असई चन्द्र प्रधानले जानकारी दिए।
बरामद गरिएको काठ नगरपालिकामा राखिएको उनले बताए। बरामद गरिएको काठ नजिकै चारकोशे जलथल जंगल रहेको छ। सोही जंगलबाट चोरी निकासी गरी काठ त्यहाँ ल्याएर लुकाएर राखेको हुन सक्ने नगर प्रहरीको अनुमान छ।