श्रीमद्‍भागवत महापुराणको उद्घाटनमा व्यस्त राष्ट्रपति, आज फिदिम आउने

श्रीमद्‍भागवत महापुराणको उद्घाटनमा व्यस्त राष्ट्रपति, आज फिदिम आउने
सुन्नुहोस्

फिदिम : राष्ट्रपति रामचन्द्र पौडेल श्रीमद्भागवत महापुराण उद्घाटन कार्यक्रममा व्यस्त रहेका छन्। मंगलबार गार्गी कन्या गुरुकुलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको काठमाडौंमा उद्घाटन गरेका थिए। देवघाटधामको गुरुकुलले अक्षयकोष स्थापना गर्न काठमाडौंको पशुपति क्षेत्रमा महायज्ञको आयोजना गरेको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको प्रशंसा गरे। ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यसको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको उनको भनाइ थियो। 

त्यसैगरी आज राष्ट्रपति पौडेल पाँचथर सदरमुकाम फिदिम आयोजित  श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान तथा पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गर्न आउने भएका हुन्।पाँचथर बहुमुखी क्याम्पसको आयोजना कार्यक्रम हुन लागेको हो।

पौडेलले दिनको १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यतालिका छ। महोत्सव मूल समारोह समितिका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाका अनुसार उद्घाटन हुनुभन्दा पहिले फिदिम बजारमा कलशयात्रा गर्ने तयारी छ। फिदिममा राष्ट्रपतिको सवारी हुने भएपछि फिदिमको सुरक्षा अवस्था कडा पारिएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.