आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२

क्यानडासँग उत्कृष्ट प्रदर्शन गर्ने साह र खनाल राष्ट्रिय टोलीमा समेटिए

क्यानडासँग उत्कृष्ट प्रदर्शन गर्ने साह र खनाल राष्ट्रिय टोलीमा समेटिए

काठमाडौं : ओपनर अनिल साह र यु–१९ का कप्तान देव खनाल आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिएका छन्। घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा क्यानडासँगको तीन ओडीआई खेलमा शानदार प्रदर्शन गरेका साह र खनालको पनि इन्ट्री भएको हो। 

क्यानले आज जारी गरेको सूचीमा शाह र खनालको पनि इन्ट्री भएपछि यसअघि घोषणा भएको टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।

नेपालको टोलीमा क्यानडासँग सिरिजमा नभएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झालगायत टोलीमा छन्। ऐरी हाल यूएईमा चलिरहेको आइएलटी-२० मा गल्फ जायन्टसबाट खेलिरहेका छन्।

नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ। २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्ने कार्यतालिका छ। 
लगत्तै क्यानले नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने कार्यतालिका बनाएको छ​


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.