ट्याङकरमा लुकाएर ल्याइएको ५९४ किलो गाँजासहित चार जना पक्राउ

ट्याङकरमा लुकाएर ल्याइएको ५९४ किलो गाँजासहित चार जना पक्राउ
नियन्त्रणमा लिइएको ट्याङ्कर
सुन्नुहोस्

धनकुटा :साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ बजेतिर भेडेटारको प्रहरी टोलीले गाँजा बोकेको को १ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकर गाडीसहित तीन भारतीय र एक जना नेपाली नागरिक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजवावु महर्जनले जानकारी दिए । 

मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकर चेकजाँच गर्दा ट्याङकरको तेल लगाउने पाँच वडा डिब्बा (केल) मध्ये बीचको (केल) भित्र ५ सय ९४ केजी गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकुमार कार्कीले बताए । पक्राउ परेका  व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।

मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्तिसहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी भइरहेको भेडेटार इन्चार्ज कार्कीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.