सरस्वती पूजाको खर्च जुटाउने बहानामा विद्यार्थीको दिवा खाजा कटौती, उल्टै चन्दा उठाइयो

सरस्वती पूजाको खर्च जुटाउने बहानामा विद्यार्थीको दिवा खाजा कटौती, उल्टै चन्दा उठाइयो
तस्बिर : अन्नपूर्ण

पटेर्वासुगौली गाँउपालिका कूल २४ वटा सामुदायिक विद्यालय  रहेका छन् । अनुगमनका क्रममा प्राय सबै विद्यालयमा विगत एक सातादेखि दिवा खाजा कार्यक्रम रोकिएको भेटिएको हो ।

वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा सरस्वती पूजाको खर्च जुटाउने बहानामा विद्यार्थीहरूको दिवा खाजा कार्यक्रम रोकिएको छ । पटेर्वासुगौली गाँउपालिका कूल २४ वटा सामुदायिक विद्यालय  रहेका छन् । अनुगमनका क्रममा प्राय सबै विद्यालयमा विगत एक सातादेखि दिवा खाजा कार्यक्रम रोकिएको भेटिएको हो । 

बुधबार परेको सरस्वती पूजा मनाउनका लागि खर्च जुटाउन भन्दै प्रधानाध्यापक र शिक्षकहरूले दिवा खाजा कार्यक्रम रोकेर त्यसको रकम पूजामा खर्च गरेका हुन् । यसका अतिरिक्त विद्यालयमा प्रधानाध्यापक र शिक्षकहरूले पूजाका लागि चन्दा भन्दै विद्यार्थीहरूबाट कक्षागत अनुसार ५० देखि २ सय रुपैयाँ रकम पनि असुलेका छन् । 

विद्यार्थीबाट कक्षाअनुसार १ सयदेखि २ सय रुपैयाँ सरस्वती पूजाको लागि चन्दा उठाएको कक्षा ५ मा अध्यनरत विद्यार्थी गुडडु मियाँले बताए  । विद्यालयका प्रधानाध्यापक राजेश गिरिले भने विद्यालय व्यवस्थापन समितिकै सल्लाह अनुसार दिवा खाजा रोकेको प्रतिक्रिया दिए।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ सोनवर्षमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कूल २३७ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा गत बुधबारदेखि नै दिवा खाजा रोकिएको छ । विद्यार्थीबाट कक्षाअनुसार १ सयदेखि २ सय रुपैयाँ सरस्वती पूजाको लागि चन्दा उठाएको कक्षा ५ मा अध्यनरत विद्यार्थी गुडडु मियाँले बताए  । विद्यालयका प्रधानाध्यापक राजेश गिरिले भने विद्यालय व्यवस्थापन समितिकै सल्लाह अनुसार दिवा खाजा रोकेको प्रतिक्रिया दिए।

वडा नम्बर ३ कै रामभौरी भाथामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि विगत एक सातादेखि दिवा खाजा रोकिएको कक्षा ४ मा अध्यनरत विद्यार्थी रामबाबु महतोले बताए । यसबारे प्रतिक्रिया लिन खोज्दा विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद रौनियारले दिवा खाजा नरोकिएको दाबी गरेपनि त्यहि विद्यालयकी एक शिक्षिकाले सरस्वती पूजाका लागि केही दिनदेखि दिवा खाजा बन्द गरिएको स्वीकारिन् ।

गादिमाई आधारभूत विद्यालय पश्चिम देकुलिमा एक सातादेखि दिवा खाजा नखुवाइएको र विद्यार्थीबाट ५० देखि १ सय ५० रुपैया चन्दा संकलन गरिएको विद्यार्थीहरूले बताएका छन्।

यस्तै मनिहर्वामा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा २४९ जना विद्यार्थी अध्ययनरत छन्। उक्त विद्यालयमा गत शुक्रबारदेखि दिवा खाजा बन्द गरिएको र पूजाका लागि विद्यार्थीबाट ५० देखि १ सय ५० रुपैयाँ चन्दा उठाइएको कक्षा ५ मा अध्यनरत छात्र राजकरण साह कानुले बताए । विद्यालयका प्रधानाध्याापक हरिराज प्रसाद यादवले  विद्यालय व्यवस्थापन समिति र अभिभावकको बैठक बसेर केही दिनका लागि मात्र दिवा खाजा बन्द गरेर त्यसको रकम सरस्वती पूजामा लगाउने निर्णय गरेको प्रतिक्रिया दिए।

गादिमाई आधारभूत विद्यालय पश्चिम देकुलिमा १ सय ३३ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा पनि सरस्वती पूजाका लागि खर्च जुटाउन एक सातादेखि दिवा खाजा नखुवाइएको र विद्यार्थीबाट ५० देखि १ सय ५० रुपैया चन्दा संकलन गरिएको कक्षा ४ मा अध्यनरत विद्यार्थी दिनेश माझीले बताए । यसबारे  प्रतिक्रिया लिन विद्यालयका प्रधानाध्यापक मन्तुरादेवी चौधरीलाई सम्पर्क गर्न विद्यालयमा उनी अनुपस्थित रहेको र फोनमा सम्पर्क प्रयास गर्दा उनको फोन उठेन ।  

नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवा ,नेपाल राष्ट्रिय माध्यमिक विधालय निचुटालगायतका विद्यालयमा पनि पूजाका लागि दिवा खाजा रोक्नुका साथै विद्यार्थीहरूबाट चन्दा भन्दै रकम उठाइएको अभिभावकहरूले बताएका छन् । 

९८ जना विद्यार्थी अध्ययनरत रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुर्बी देकुीलमा पनि एक सातादेखि दिवा खाजा रोकिएको र पूजाका लागि विद्यार्थीहरूबाट शिक्षकहरूले चन्दा पनि उठाएको कक्षा ३ मा अध्यनरत विद्यार्थी हरि शंकरले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद ओझैयाले भने विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षको निर्देशन अनुसार नै दिवा खाजा रोकेर त्यसको रकम पूजाका लागि खर्च गरिएको बताए । विद्यार्थीबाट चन्दा भने नउठाइएको उनले दावी गरे।

यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवा ,नेपाल राष्ट्रिय माध्यमिक विधालय निचुटालगायतका विद्यालयमा पनि पूजाका लागि दिवा खाजा रोक्नुका साथै विद्यार्थीहरूबाट चन्दा भन्दै रकम उठाइएको अभिभावकहरूले बताएका छन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले कार्यव्यस्तताका कारण केही समयदेखि विद्यालयको अनुगमन गर्न नभ्याइएको बताए ।

विद्यालयहरूमा एक सातदेखि पूजाको नाममा विद्यार्थीलाई दिवा खाजा कार्यक्रम रोकिएको भएपनि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने बेखबर छन् । पालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पन्जियारले पालिकामा रहेका सामुदायिक विद्यालयले पूजाको बहानामा विद्यार्थीहरूको दिवा खाजा रोकेकोबारे आफू बेखबर रहेको प्रतिक्रिया दिए । यसबारेमा अनुगमन गरेर बदमासी गर्ने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने उनले बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले कार्यव्यस्तताका कारण केही समयदेखि विद्यालयको अनुगमन गर्न नभ्याइएको बताए । उनले भने,‘के कति कारणले दिवाखाजा रोकिएको हो यसबारे  सत्यतथ्य बुझ्छौं । खाजा रोक्ने विद्यालयलाई कारवाही हुन्छ । '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.