बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत पक्राउ
काठमाडौं : बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंका एकजना शाखा अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्।
बलात्कार आरोपमा गजमेरविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेपछि पक्राउ गरिएको ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।
उनीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । पक्राउ परेका गजमेरले उजुरीको विषयमा इन्कारी बयान दिएको बुझिएको छ।
उनीविरुद्ध गत माघ २९ गते जाहेरी दर्ता भएको थियो । ललितपुरकै एक स्थानीय युवतीले गत माघ १८ गते जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी हु्न् ।
गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत थिए । जाहेरी दिने युवती उच्च अदालतमा करारमा कार्यरत कर्मचारी भएको बुझिएको छ ।