टुरिज्म हिरो अवार्ड आयोजना हुने

टुरिज्म हिरो अवार्ड आयोजना हुने
सुन्नुहोस्

काठमाडौं : नेपालको पर्यटन प्रवर्द्धमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थाहरूमध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिज्म हिरो अवार्ड प्रदान गरिने भएको छ।

नेपालको पर्यटन क्षेत्रका विविध आयाममा आफूलाई सहभागी गराई पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिज्म प्रोमोसन काउन्सिलले नेपालमै पहिलोपटक टुरिज्म हिरो अवार्ड २०२४ आयोजना गर्न लागेको हो। आगामी मार्च १९ मा काठमाडौंमा आयोजना हुने एक भब्य समारोहमा यस अवार्ड विजेतालाई अवार्ड ट्रफी हस्तान्तरण गरिनेछ।
 

होटल तर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कूल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिज्म हिरो अवार्डको नोमिनेस आजैबाट खुल्ला गरिएको छ। टुरिज्म हिरो अवार्ड २०२४ को आधिकारिक वेवसाइटमा गएर जोकोहीले आफैंले आफ्नो लागि वा अरूको लागिसमेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन्। 

यसरी प्राप्त नोमिनेसनहरूमध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरूलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइनेछन्। भोटिङका लागि आवश्यक लिंक नोमिनेसन भर्ने अधिकारिकक ब्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढीभन्दा बढी भोटिङ लागि आह्वान गरिनेछ। प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरीहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरी टुरिज्म हिरो अवार्ड ट्रफीसमेत हस्तान्तरण गरिने छ। यो सम्पूर्ण प्रक्रिया वेवमा आधारित र निःशुल्क हुने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक प्रमिलाले अवार्डमा सहभागिहरू कसैबाट पनि नोमिनेसन शुल्क नलिइने बताइन्। काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले भने अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.