आइसीसी क्रिकेट विश्वकप लिग-२ : आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल

आइसीसी क्रिकेट विश्वकप लिग-२ : आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ। २०२४-२७ सिजनको पहिलो सिरिज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान ९:३० बजेबाट खेल सुरु हुन लागेको हो।

घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै खेलमा नेपालले हराएको थियो। यस अगाडि क्यानडाविरुद्धको सिरिजमा क्लिन स्विप गरेको नेपाल पनि लिग- २ मा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।  

कप्तान रोहित पौडेलले गत सन् २०१९ मा लिग २ को सुरुवात खराब भए पनि त्यो दोहोर्‍याउने छुट आफूहरूलाई नभएको बताउँछन्। '२०१९ मा सोचेजस्तो सुरुवात भएको थिएन। तर अहिले सुरुवात नै उत्कृष्ट बनाउनुपर्छ। हाम्रो तयारी पनि राम्रो छ। हामी उत्साहित छौं। आशा गरौं राम्रो हुन्छ,' उनले भने।  

एक दिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स र जिम्बावेलाई पछि पारेर टी-२० विश्वकपमा छनोट भएको नामिबिया आफूहरूको लागि ठूलो चुनौती हुने पौडेलले बताए। नामिबियापनि नेपाललाई पराजित गरेर सुख सुरुवात गर्ने लक्ष्य लिएको छ। नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर

 

​​​​​​​null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.