आइसीसी क्रिकेट विश्वकप लिग-२

नेपालको खराब सुरुवात, तीन विकेटको क्षतिमा १३ रन मात्र

नेपालको खराब सुरुवात, तीन विकेटको क्षतिमा १३ रन मात्र
फाइल तस्बिर।

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। टस हारेर ब्याटिङ गरेको नेपालले ३.५ ओभरमै तेस्रो विकेट गुमाएको हो।

नामिबियाका ज्याक ब्रेसलको तेस्रो ओभरको ५ औं बलमा जेजे स्मिटले ओपनर आशिफ शेखलाई क्याच आउट गराएका हुन्। शेखले ११ बलमा १ चौका मात्रै प्रहार गरेर बाहिरिए।

त्यस अगाडि नामिबियाका रुबेन ट्रम्पलम्यानले अनिल साहलाई आउट गराएका हुन्। साहले ६ बलमा १ चौकासहित ८ रन बनाएर बाहिरिए। 

त्यसैगरी ट्रम्पलम्यान कै पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेल जेजे स्मिटको हातबाट समातिएका थिए।

नेपालले पाँचौ ओभरको समाप्तिमा १५ रन बनाएर खेलिरहेको छ। अहिले रोहित पौडेल र भीम सार्की क्रिजमा छन्।

आजको खेलमा देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र सूर्य तामाङ बेञ्चमा बसेका छन्। घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै खेलमा नेपालले हराएको थियो। यस अगाडि क्यानडाविरुद्धको सिरिजमा नेपालले क्लिन स्विप गरेको नेपाल पनि लिग २ मा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ।

एक दिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स र जिम्बावेलाई पछि पारेर टी-२० विश्वकपमा छनोट भएको नामिबिया नेपालका लागि चुनौती रहेको छ। नामिबिया पनि नेपाललाई पराजित गरेर सुख सुरुवात गर्ने लक्ष्य लिएको छ। 

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.