सुझावमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विधान सम्मेलनमा उठेका प्रश्नहरूको जवाफ दिन थालेका छन्। कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको विधान सम्मेलनको अन्तिम दिन बिहीबार अध्यक्ष दाहालले २० वटा समूहले प्रस्तुत गरेका सुझावमा उठेका प्रश्नहरूको जवाफ दिन थालेका हुन्।
विधान सम्मेलनमा प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयनसहित पार्टीको चुनाव चिन्ह र नामसमेत फेर्नुपर्ने सुझाव आएको छ।
विधान सम्मेलनमा नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र कामकारबाहीमा एकरूपतामा राख्नेलगायत सुझाव प्रस्तुत गरेका थिए। उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।
त्यस्तै राजकाजी गुरूङले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव दिएका थिए। कृष्णध्वज खड्काले पार्टीलाई वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउनेगरी व्यवस्था गर्नुपर्ने सुझाव पेस गरेका थिए।
त्यस्तै सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ती सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको जानकारी गराए। संघीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने उल्लेख गर्दै विभागहरु प्नि विधानमा नै उल्लेख गर्नुपर्ने सुझाव पेस गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)