मृत्यु भइसकेका व्यक्तिको पेन्सन बुझेको आरोपमा बैंकका कार्यालय सहयोगी पक्राउ

मृत्यु भइसकेका व्यक्तिको पेन्सन बुझेको आरोपमा बैंकका कार्यालय सहयोगी पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : मृत्यु भइसकेका व्यक्तिको पेन्सन झिकेर ठगी  गरेको आरोपमा राष्ट्रिय बाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन्। वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारी पक्राउ परेका हुन्।

उनले मृत्यु भइसकेका व्यक्तिको आफैले पेन्सन बुझेको भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीका अनुसार अधिकारीले मृत्यु भइसकेका ८ जनाको पेन्सन आफैं बुझेर लाखौं रकम ठगी गरेको खुल्न आएकाले पक्राउ गरिएको जानकारी दिए।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.