स्करपियो दुर्घटनामा चालकको मृत्यु

स्करपियो दुर्घटनामा चालकको मृत्यु
सुन्नुहोस्

ओखलढुंगा: जिल्लाको मोलुङ गाउँपालिका-५ को ओखरबोटस्थित भित्री सडकमा स्करपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा २०च ४८६२ नम्बरको स्कारपियो आज दिउँसो १ बजे दुर्घटना हुँदा मोरङको पथरीका २६ वर्षीय गणेश रसाइलीको मृत्यु भएको हो। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।

घाइते हुनेमा तेह्रथुमको मेन्छयाम गाउँपालिका-५ का ३२ वर्षीय यज्ञप्रसाद निरौला, भक्तपुरको सल्लाघारीका ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षीय सन्देश कार्की, मोलुङ गाउँपालिका-५ बस्नेत ४० वर्षीय कुमार कार्की र सुनसरीको रामधुनी नगरपालिका-४ का ३२ वर्षीय अर्जुन दाहाल रहेका छन्।

घाइतेमध्ये मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्की गम्भीर छन्। उनीहरूलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आयु मोलुङ हाइड्रोपावर कम्पनीका कर्मचारी लिएर प्राप्चाबाट खोलाखर्क जाँदै गरेको स्करपियो दुर्घटनामा परेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.