चालक र सहचालकको स्वास्थ्य परीक्षण
नुवाकोट : सवारी दुर्घटना न्यूनीकरणका लागि नुवाकोटमा चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ।
दुर्घटना न्यूनीकरण गरी यात्रुको सुरक्षालाई बलियो बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालक तथा सहचालकको सडकमै स्वास्थ्य परीक्षण गरेको हो।
विदुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको परिसरमा स्वास्थ्यकमीहरूले एक सय जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेका छन्।
अधिकांश दुर्घटना पुराना सवारी साधन र चालकको कमजोरीका कारण हुने गरेकाले चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
७