सरकारविरुद्ध सडक संघर्ष गर्ने एमालेको निर्णय

सरकारविरुद्ध सडक संघर्ष गर्ने एमालेको निर्णय
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रमुख विपक्षी एमालेले सरकारविरुद्ध संघर्ष गर्ने जनाएको छ। बिहीबार बसेको सचिवालय बैठकले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। त्यसका लागि आगामी केन्द्रीय कमिटी बैठकले कार्यक्रम बनाउने महासचिव पोखरेलले जानकारी दिए। ‘सरकारलाई दबाब दिन जनपरिचालन गर्ने बारेमा समेत केन्द्रीय समितिले निर्णय गर्नेछ,’ उनले भने। 

गठबन्धन सरकार राष्ट्रहितविपरीत गएको र सुशासनमा बिचलन आएको उनले आरोप लगाए। ‘मुलुक आर्थिक संकटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ,’ पोखरेलले भने। 

गठबन्धन सरकारको कारण राष्ट्रिय हित, जनसरोकार र सुशासनका विषयमा प्रश्नमा गम्भीर बिचलन आएको पोखरेलले बताए। ‘मुलुक आर्थिक संकटतर्फ उन्मुख भइरहेको अवस्थामा राष्ट्रिय हित र जनसरोकारका विषमा जनपरिचालन गर्ने र दबाब दिने विषयमा एजेन्डा तयार पार्ने खालका विषयमा एजेन्डा तयार गर्ने निर्णय गरेको छ’, उनले भने। त्यस्तै पार्टीको सातौं केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाइएको छ। सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ। राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा केन्द्रीय समिति बैठकका प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिए। 

पार्टीलाई कस्तो ढाँचाबाट अझ व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल हुने पोखरेलले बताए। ‘बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई स्थापित गर्नका निम्ति पार्टीले जुन योजना अगाडि बढाएको छ, त्यो कार्यान्वयनका लागि पार्टी निर्माणको योजना बनाउने विषयमा छलफल गरिने छ’, उनले भने। 

उनले मिसन ग्रासरुट पछाडि पार्टीले तयार गरेको वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन पेस गरेर त्यसमाथि पनि छलफल गरिने पोखरेलले बताए। कार्ययोजनाअनुसार गरिएका कामको पनि बैठकमा समीक्षा हुने उनले बताए। 

समृद्धिका लागि संकल्प यत्रका क्रममा पार्टीले तयार गरेको प्रतिवेदनको सन्दर्भमा पनि बैठकमा छलफल हुने बताए। सो प्रतिवेदनको आधारमा मध्यपहाडको समृद्धिका लागि पार्टीको अवधारणा बैठकले तयार गर्ने  पनि जानकारी दिए। 

पार्टीमा प्रवेश गर्ने र पार्टीको अधिवेशनपछि जिम्मेवारीबाट बिदा भएका अगुवा नेताहरू व्यवस्थापनको विषयमा पनि बैठकमा छलफल गरी निर्णय गरिने  जानकारी गराए। त्यस्तै पार्टी केन्द्रीय कार्यालय भवन निर्माणको लागि पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैयाँ संंकलन गर्ने अभियानको एजेन्डा पनि बैठकमा लैजाने बताए। महासचिव पोखरेलले एमाले अहिले सत्ता राजनीतिको खेलमा नरहेको स्पष्ट पारे। पोखरेलले जनसरोकारका मुद्दाको अगुवाइ गर्ने पार्टीका रूपमा नेकपा एमाले स्थापित हुनुपर्छ भन्ने मान्यतामा एमाले रहेको प्रष्ट पारे। बैठकले पार्टीका विभिन्न विभागका सदस्य मनोनीत गरेको छ। पार्टी केन्द्रीय प्रचार विभाग सदस्यमा माधवप्रसाद नेपाल, इन्द्रप्रसाद आचार्य र मोहन बास्तोला मनोनीत भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.