भन्सारको अनुगमन गर्दै अर्थ समिति

भन्सारको अनुगमन गर्दै अर्थ समिति
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संसद्को अर्थ समितिले मुख्य–मुख्य भन्सार कार्यालयको अनुगमन गर्ने भएको छ। समितिको बिहीबारको बैठकले उपसमिति बनाएर मुलुकका भन्सार कार्यालय अनुगमन गर्ने निर्णय गरेको हो।

भन्सार नाकामा चोरी पैठारी बढेको गुनासो धेरै आएकाको छ। समिति सभापति सन्तोष चालिसेले भन्सार कार्यालयहरूमा प्रविधि र जनशक्तिको अभाव रहेको जानकारी आएकाले अनुगमन गर्ने निर्णय गरिएको जनाए। बैठकमा सांसदहरूले राजस्व वृद्धिदर घट्नुमा भन्सार चुहावट वृद्धि भएको भन्दै समितिले अनुगमन गर्नुपर्ने बताएका थिए। मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा पनि छलफल गर्ने निर्णय गरेको छ। 

‘पछिल्लो पटक राजस्व संकलनको लक्ष्यसमेत प्राप्त हुन नसकेको अवस्था छ,’ सभापति चालिसेले भने, ‘अर्थ मन्त्रालयले भन्सारमा साधन स्रोतको अभाव भएको गुनासो गरिरहेको छ। त्यसैकारण अनुगमन गर्ने निष्कर्षमा पुगेका हौं।’ सरकारले बजेटको यथार्थपरक ढंगले कार्यान्वयन गर्न नसकेको विषयमा आगामि बैठकमा अर्थमन्त्रीसँग छलफल गर्ने पनि उनले बताए। बजेटको अनुमान गर्ने पुरानो पद्धतिमा भएका कमी कमजोरी र प्रक्षेपणअनुसार राजस्व संकलन हुन नसकेको अवस्था र राजस्व घट्नुको कारणबारे अर्थमन्त्रीसँग छलफल गर्न लागिएको सभापति चालिसेको भनाइ थियो। (प्रशिक्षार्थी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.