डोल्पा भित्रियो ३० लाख बढीको राहत तथा उद्धार सामग्री
डोल्पा : हिमाली जिल्ला डोल्पामा ३० लाख रुपैयाँ भन्दा बढीको राहत तथा उद्धार सामग्री भित्रिएको छ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको सहयोग सय थान पाल, २५ थान सिलिपिङ ब्याग, ५० थान ब्लांकेट, एक थान ढलान काट्ने मेसिन, एक थान फायर पम्प लगायतका सामग्री आएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
विपद् पूर्व तयारीका लागि पर्याप्त सामग्री नभएकाले नभएपछि केन्द्रसँग समन्वय गरेर सामग्री ल्याइएको उनले बताए। आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सामग्री सार्वजनिक गरिएको हो ।