डोल्पामा २ सय परिवारलाई ग्यास चुल्हो वितरण

डोल्पामा २ सय परिवारलाई ग्यास चुल्हो वितरण
सुन्नुहोस्

डोल्पा : डोल्पाको ठुलिभेरी नगरपालिकाको वडा नम्बर ८ ले दुई सय घर परिवारलाई ग्यास र चुलो वितरण गरिएको छ।

उक्त वडामा पर्ने डाँगीबाडा र जुफालका सम्पूर्ण घरधुरीलाई निःशुल्क रूपमा ग्यास चुलो र सिलिण्डर वितरण गरिएको हो।

दुर्गम तथा ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरूको स्वास्थ्य र समयलाई ख्याल गरेर १४ लाख रकममा खरिद गरेर ग्यास सिलिण्डर चुलो वितरण गरिएको वडाध्यक्ष मनराम ठकुल्लाले बताए।

'गाउँघरमा घरको सम्पूर्ण भार महिलालाई हुन्छ। खेतबारीको काम,बालबच्चा हेरचाहदेखि घरायसी काममा पनि महिला नै खट्नुपर्छ। चिसोमा दाउरा बाल्दा निस्केको धुवाँले महिलाको स्वास्थ्य बिग्रिएको पाइएको छ,' उनले भने।

वडा नम्बर ८ ले ३० युनिटभन्दा कम विद्युत खपत गर्ने घरधुरीको महसुल समेत आफै तिर्दै आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.