कुन-कुन स्थानमा हुँदैछ वर्षा र हिमपात?

कुन-कुन स्थानमा हुँदैछ वर्षा र हिमपात?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको र तराइका केही स्थानमा हल्का हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

  
आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने र कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटीनमा जनाइएको छ।
 
आइतबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 
सोमबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा  र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
 
त्यस्तै यो साताभरि नै पश्चिमी वायुको प्रभाव रहने भएकोले कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साताको मध्य र अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

'कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । साताको अन्त्यमा पश्चिम तराईका केही स्थानहरुमा तथा मध्य र पूर्वी तराईका थोरै भू-भागमा फाटफुट देखि हल्का बर्षा सम्भावना रहेको छ। ', महाशाखाको बुलेटिनमा जनाइएको छ,'कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा हल्का हिमपात तथा अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपात रहेको छ।'

त्यस्तै तराई भू-भागका थोरै स्थानहरूमा हल्का हुस्सु/हल्का कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने  छ । यस सातामा औसतको तुलनामा बढी वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.