ललित राजबंशीले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट

ललित राजबंशीले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ललित राजबंशीले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएका हुन्।

नेदरल्याण्ड्सका साइब्रान्ड एंगलब्रेक्टलाई १५ ओभरको चौथो बलमा अनिल साहले क्याच आउट गरे। उनी ३५ बलमा २३ रन बनाएर आउट भएका हुन्। 

त्यस अगाडि म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका थिए । उनी २१ बलमा १ छक्कासहित १० रन बनाएर आउट भए। 

सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको विकेट लिएका थिए । कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए। 

नेदरल्याण्ड्सले अहिले १७ औं ओभरको समाप्तिमा ६१ रन बनाएर खेलिरहेको छ।

आजको खेलमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी बेञ्चमा रहेका छन्।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

नेदरल्याण्ड्स टोली : म्याक्स ओडाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.