आइसीसी क्रिकेट विश्वकप लिग- २

अनिल र आसिफको अर्धसतकमा नेदरल्याण्ड्सविरूद्ध नेपाल ९ विकेटले विजयी

अनिल र आसिफको अर्धसतकमा नेदरल्याण्ड्सविरूद्ध नेपाल ९ विकेटले विजयी
तस्बिर : क्यान

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग- २ को दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी भएको छ। टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९ विकेटले विजयी भएको हो।

नेपालले २०८ बल बाँकी रहँदा १५.२ ओभरमै लक्ष्य भेट्टाएको हो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धसतक प्रहार गर्दै अविजित रहे। 

null

साहले ३६ बलमा ४ छक्का र ६ चौकासहित ५७ रन बनाए। ओपनर शेखले ४५ बलमा १ छक्का र ८ चौक्कासहित ५४ रन बनाउन सफल भए।

त्यस अगाडि ओपनर कुशल भुर्तेलले ११ बलमा ३ छक्का २ चौकासहित २८ रन बनाएर क्याच आउट भएका थिए। नेदरल्याण्ड्सका भिभिएन किंग्माले भुर्तेलको विकेट लिएका हुन्।

टस जितेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए। 

null

त्यसैगरी ललित राजबंशीले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले समान १/१ विकेट लिए। उत्कृष्ट फिल्डिङ गर्दै खेलमा भीम सार्की र ललित राजबंशीले एक जनालाई र कुशल मल्लले एक खेलाडीलाई रन आउट गराएका थिए। 

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए। त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन,नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओ'डाउडले १०/१० रन बनाए। काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन्।

null

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.