वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु
सुन्नुहोस्

रामेछाप : जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ। रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नम्बर ७  सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो। खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो।

सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो। सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए। उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य छ।  जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.