यस कारण माओवादी तराई–मधेस केन्द्रित हुँदै छ

यस कारण माओवादी तराई–मधेस केन्द्रित हुँदै छ
सुन्नुहोस्

माओवादी केन्द्रले संसदीय चुनावमा मधेस प्रदेशमा नराम्रो झड्का बेहोर्नुपर्‍यो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी मधेस प्रदेशमा निल भयो। पार्टीको हालै सम्पन्न प्रथम विधान अधिवेशनबाट हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जनजागरण अभियान चलाउने निर्णय गरेको छ। यो अभियान चैत १ गतेबाट सुरु हुनेछ। माओवादीले किन तराई–मधेसमा नजर केन्द्रित गर्‍यो भन्ने चर्चा सर्वत्र छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनमा अझै १० वर्ष राजनीति गरौं भन्ने छ। यसका लागि २१औं शताब्दीको नेपाली समाजवादको बाटो भन्ने मर्मलाई उहाँले मधेसबाटै लागू गर्न खोज्नुभएको छ। उहाँलाई लाग्यो, वर्ग र नीतिलाई छोडेर कमजोर भयौं। तराई मधेसमा देशको ५३ प्रतिशत जनघनत्व छ। माओवादी तराई मधेसमा निल हुँदा त्यसको असर सिंगो पार्टीलाई पर्‍यो। त्यही भएर मधेसमा माओवादीले धेरै काम गरेको छ। नागरिकता विधेक, मिटरब्याजविरुद्धको कानुन, अलपत्र हुलाकी राजमार्गको कामलाई तीव्रता, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक, सुकुम्बासीलाई जग्गा वितरणलगायतका काम प्रचण्ड सरकारले गरेको छ। यी सबै काम मधेसलाई रिझाउनका लागि गरिएको हो। मधेसको सहयोगबिना देशको राजनीतिमा फड्को मार्न सकिँदैनन् भनेर माओवादीले बुझेको छ। तराई मधेसको मुद्दा छोडेकै कारण कमजोर भएको निष्कर्ष उसको छ। त्यसैले माओवादीले जातीय मोर्चालाई ब्युँउताउने निर्णय गरेको छ। मधेसी, थारु सबै मोर्चालाई क्रियाशील बनाउँदै तराई मधेसबाटै समाजवादको भु्रण उमार्ने अभियानमा माओवादी र विशेषतः प्रचण्ड लागेका छन्। 

पछिल्ला केही कामले माओवादीलाई मधेसमा जाने बाटो खुलेको हो। एकातिर मधेस केन्द्रित दल विघटनको दिशामा छन् भने अर्कोतिर वर्ग, पहिचान र अधिकारकोे विषयलाई ओझेलमा परेको छ। यही मौकामा मधेसवादी दलको आकर्षण आफ्नो वरिपरि बढ्न सक्छ भन्ने प्रचण्डजीलाई लागेको छ। यी सबै सम्भावनालाई देखेर माओवादी हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्न लागेको छ।

(शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। )


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.