भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन अनर एक्स९बी: मूल्य नेपालको भन्दा धेरै

भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन अनर एक्स९बी: मूल्य नेपालको भन्दा धेरै
सुन्नुहोस्

काठमाडौं : नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महंगो हुने गर्दछन्। एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै लन्च भएको अनरको स्मार्टफोनमा भने कुरा केही फरक रहेको छ।   

यहाँ हामी : अनर एक्स९बी को बारेमा कुरा गर्दैछौं, जुन हालै नेपालमा लन्च गरिएको छ। नेपालमा भन्दा भारतमा प्रायः स्मार्टफोन पहिले नै लन्च हुने गरेको भएपनि नेपालमा भने करिब एक महिना अगाडि नै लन्च गरिएको हो।  नेपालमा २१ जनवरीमा लन्च भएको अनर एक्स९बी को  (१२+२५६) जीबी को मूल्य ४३ हजार ९९९ रहेकोछ। भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा लन्च गरिएको छ जसको मूल्य (८+२५६) जीबी भेरियन्टका लागि २५ हजार ९९९ भारतीय रुपैयाँ (४१ हजार ६०० नेपाली रुपैयाँ) तोकिएको छ। 

यसबाहेक नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन्। स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिन्छ र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउनेछ र नेपालबाट फोन किन्न मानिसहरूलाई प्रोत्साहन मिल्नेछ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.